जनता टाइम्स

८ असार २०८२, आईतवार ०६:१८

शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित (सूचिसहित)


काठमाडौं, ८ असार । एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित हुनुभएको छ। संगठनको १४ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चुन्न शनिबार राति विद्युतीय मतदान भएको थियो। जसअनुसार अध्यक्षमा शाही चुनिएका हुन्। शाही यसअघि दुई कार्यकाल महासचिव भइसक्नुभएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा, उपाध्यक्षमा गोविन्द भण्डारी निर्वाचित हुनुभएको छ। त्यस्तै उपाध्यक्ष ९महिला० तर्फत अम्बिका चापागाईं चुनिनुभएको छ । महासचिवमा प्रकाश खनाल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा नरवहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, सचिवमा वामदेव सुवेदी र सचिव (महिला) तर्फ वेणु काफ्ले निर्वाचित हुनुभएको छ । बिहीबारदेखि भएको महाधिवेशनमा ४७८ प्रतिनिधि थिए। यो नेकपा एमालेको जनसंगठन पेशागत महासंघ नेपालको घटक संगठन हो।