काठमाडौं, १० असार । सत्तारुढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण बैठक जारी रहेको छ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको उपस्थिति रहेको छ।
बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल पनि सहभागी हुनुहुन्छ। स्रोतका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणमा गठन गरेको छानबिन समितिको सन्दर्भमा समेत बैठकमा छलफल भएको छ।
साथै आज प्रतिनिधि सभामा पेश हुने विनियोजन विधेयक पारित गर्ने विषयमा सत्तारुढ दलहरूबीच अन्तिम सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ। संसदमा बजेट विधेयक पास हुने तयारी भएसँगै सत्ता गठबन्धनभित्रको समन्वयलाई बलियो बनाउने उद्देश्यले बैठक बोलाइएको स्रोतको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्