जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १४:२९

एनआरएनएको निम्तोमा अस्ट्रेलिया आउँदै कुलमान–श्वेता र सविता


अमृत शर्मा/सिड्नी, अस्ट्रेलिया

काम भन्दा पनि गफै दिएर जनतालाई भुसको बोरामा सुताउने प्रवृति चलिरहेको बेला हाम्रो देश नेपालमा केही व्यक्तिहरुले भने साच्चै नै देश र जनताका लागि ठुलो योगदान दिएका छन । तेस्तै राम्रो काम र कर्मले नेपालीको मन–मष्तिष्कमा बस्न सफल भएका व्यक्तित्वहरू हुन, कुलमान घिसिङ, स्वेता खड्का र सविता उप्रेती ।

राजनैतिक अस्थिरता र चर्को घुसिया प्रवृतिले गर्दा २१औं सताब्दीमा पनि लोडसेडिङका कारण अन्धकारमा बस्न बाध्य भएका नेपालीलाई अनेकौं बाधा ( अड्चनका बाबजुत पनि आफ्नो एकल प्रयासद्वारा नै अन्धकारबाट छुटकारा दिलाउने महान व्यक्तित्व, उज्यालो नेपालका अभियन्ता एबं नेपाल बिधुत प्राधिकरणका महा प्रबन्ध निर्देशक कुलमान घिसिङ अस्ट्रेलिया आउने भएका छन ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजना, बाबा एजुकेसन कन्सल्टेन्सि र आरकेएस अस्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको परोपकारी गाला डिनरका लागि उहाँ अस्ट्रेलिया आउन लाग्नुभएको हो । साथै सिन्धुपाल्चोकमा माझी बस्तीका लागि ५३ घर निर्माण गर्नुभएकी सामाजिक अभियन्ता, सफल ब्यबसायी एबं लोकप्रीय अभिनेत्री स्वेता खड्का र एसएसडीआरसी स्कूल स्थापना गरी अपाङ बाल बालिकाहरु लाई सेवा गर्दै उदाहरणीय बनेकी सविता उप्रेती पनि कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रेरणादायी यिनै व्यक्तित्वहरुको उपस्थितिमा, सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा यही मे २६ का दिन च्यारिटी गाला डिनर हुने भएको छ । सो कार्यक्रमबाट उठेको रकमको आधा हिस्सा नेपालमा आपाङ्गता भएका बालबालिकाको विद्यालयलाई सहयोग गरिने र बाँकी रकम गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको समाज कल्याण कोषमा जम्मा गरिने छ । उक्त गाला डिनरको टिकट मुल्य ७० र १ सय डलर राखिएको छ भने विद्यार्थीलाई केही सहुलियत हुने आयोजकले बताएको छ ।

कार्यक्रमबारे एनआरएनए न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङले भन्नुभयो, ‘उहाँहरूको जीवन–संघर्ष र लगनशीलताका पाटाहरू हामी सबैका लागि प्रेरणा बन्न सक्छ ।’ बिगतदेखि नै अस्ट्रेलियामा हुने अधिकांश कार्यक्रमहरुमा मुख्य प्रायोजकको रूपमा सहयोग पुर्याउँदै आएको ‘बाबा एजुकेसन कन्सल्ट्यान्सी’ र ‘आरकेएस अस्ट्रेलिया’ का संचालक रविन्द्रकुमार शर्माले यस्तो परोपकारी कार्यक्रम गरी आफूले सामाजिक दायित्व पूरा गर्न पाउनु गौरवको कुरा रहेको बताउनु भयो ।