जनता टाइम्स

३२ असार २०८२, बुधबार २०:१०

सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन सपथ


काठमाडौं, असार ३२ ।  नवनियुक्त सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिनुभएको हो ।

सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी हुनुभएको थियो ।

विवादित अडियो प्रकररणमा मुछिएपछि सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुभएको थियो।

उहाँले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।