काठमाडौं, १ साउन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राष्ट्रपति भइसकेको मान्छे पुन राजनीतिमा फर्कनु वाञ्छनीय नहुने बताउनुभएको छ ।
वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा उहाँले यो कानुनी बन्धन नभए पनि नैतिक प्रश्न भएको बताउनुभयो । टीकाटिप्पणीबाट माथि रहेको मान्छे फेरी ओर्लनु वाञ्छनीय हुन्न भन्ने देखिन्छ, यो संवैधानिक प्रश्न होइन, यो कानुनी प्रश्न होइन, यो नैतिकताको प्रश्न हो र यो नैतिक मूल्यमा आधारित भएर बसाउनु पर्ने थिति हो, अघिल्लो राष्ट्रपति रामबरण यादवजीले यो थिति बसाएको देखिन्छ’, उहाँले भन्नुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पार्टी र आफूसँग कहिल्यै परामर्श नगरेको उहाँले बताउनुभयो । ‘विद्याजीको हकमा कहाँ कहाँ परामर्श गर्नुभयो, उहाँले परामर्श त गर्नुभयो होला, तर मसँग चाहिँ परामर्श भएन, परामर्श नभईकन म पार्टी अध्यक्ष छु, पार्टी छँदै छ, तर उहाँ कहिल्यै परामर्श गर्न आउनु भएन’, ओलीले भन्नुभयो ।
भण्डारी आफ्नै हिसाबले राष्ट्रपतिमा नजानु भएको बताउँदै ओलीले पार्टीले नै राष्ट्रपति बनाएको बताउनुभयो । उहाँले पार्टीमा मोरल्लि आउनु हुन्छ कि हुँदैन, यसले पार्टीलाई, देशलाई, समाजलाई र व्यवस्थालाई कस्तो असर पर्छ भन्ने विषयमा सोचेर पार्टीले निर्णय गर्ने ओलीले बताउनुभयो । यस विषयमा पार्टीले छिटो निर्णय दिने ओलीले बताउनुभयो ।
ओलीले भण्डारीलाई अहिले नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो । भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले नमानेको, नठानेको साथै उहाँ पार्टीको काममा समेत लामो ग्याप भएकोले नेतृत्व गर्न नसक्ने ओलीको धारणा छ ।













प्रतिक्रिया दिनुहोस्