काठमाडौं, साउन २ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण रोकेको छ । पोलिटब्यूरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नविकरण नै नभएको जानकारी दिनुभएको हो ।
एमाले महासचिव शंकर पोखरेल, केन्द्रीय संगठन बिभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलले गत बर्षबाटै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण भइसकेको बताउनु भएको थियो तर अध्यक्ष ओलीले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन हुने कि नहुने भन्ने बिषयमा सवै सदस्यहरुको राय लिएर मात्रै निर्णय लिने प्रस्तावसहित आफ्नो धारणा राखेर सदस्यता नविकरण रोकिएको जानकारी गराउनु भएको छ ।
यसअघि काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलादेखि केन्द्रीय संगठन बिभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलले गत बर्षबाटै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण भइसकेको बताउनु भएको थियो । शुक्रवारको बैठकमा पार्टीनिर्णयबिनै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण गरेको बिषयमा संगठन बिभाग प्रमुख अधिकारीले आत्माआलोचना गर्नुभएको छ ।

बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्पति राजनीतिमा फर्कने बिषय गणतन्त्रको संस्थागत बिकासको बाधक हुने भन्दै राजनीतिमा फर्कन नहुने आफ्नो मत राखिसक्नु भएको छ । उहाँले सार्वजनिक रुपमा पनि यस्तो धारणा राख्नुभएको छ । तर भण्डारीले गत असार १४ गते नै आफूले सदस्यता नविकरण गरेको जानकारीसहित पार्टीमा फर्किएको जानकारी दिनुभएको थियो ।
त्यसयता उहाँले एमाले नेतृत्व लिनका लागि राजनीतिमा फर्किएको बताउनु भएको छ । यी दुवै घोषणाबीच अव एमाले केन्द्रीय कमिटीले बिद्याको सदस्यताबारे निर्णय लिने भएको हो ।













प्रतिक्रिया दिनुहोस्