जनता टाइम्स

४ श्रावण २०८२, आईतवार १६:४५

वान टु वान वार्तामा बसे ओली–भण्डारी


काठमाडौं, साउन ४ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच वान टु वान वार्ता सुरु भएको छ ।

छलफलमा बस्नुअघि अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीले सामूहिक फोटा खिचाउनु भएको छ । फोटो सेसनपछि वान टु वान वार्तामा बस्नुभएको हो । लामो समय राष्ट्रपतिको भूमिका निर्वाह गरेपछि सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभएकी भण्डारीको घोषणापछि ओलीसँग यो पहिलो भेटवार्ता हो ।

एमालेमा पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिको घोषणा गरेको विषयले नयाँ बहस निम्त्याएको छ । सचिवालय र पोलिटब्यूरोमा गरमागरम बहस भएपछि अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको बताउनु भएको थियो । सोही आधारमा बैठकले सदस्यता नवीकरण होल्डमा राखेको छ ।

Oplus_16777216

Oplus_16777216