काठमाडौं, साउन ५ । गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ११ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरी सूची सार्वजनिक गरिएको हो ।
सिफारिश समितिका अनुसार बढुवाको पहिलो नम्बरमा तुलबहादुर कार्की रहनुभएको छ । यस्तै राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्