मन्थली, ७ साउन । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८२ असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सहकारीका व्यवस्थापक रमेश उदासका अनुसार सदस्य, सरोकारवाला र सम्बन्धित निकायलाई जानकारी गराउने उद्देश्यले संस्थाले कारोबार विवरण सार्वजनिक गरेको हो। संस्थाले हालसम्म कुल ४ करोड ३० लाख ३१ हजार ६ रुपैयाँ शेयर पुँजी सङ्कलन गरेको जनाएको छ। यो कुल पुँजीको ५.९८ प्रतिशत हिस्सा हो।
जगेडा कोष ६ करोड ९७ लाख ४७ हजार ७० रुपैयाँ रहेको छ । अन्य कोसमा ७९ लाख ८ हजार ८६३ रुपैयाँ रहेको छ ।
सहकारीको कुल बचत निक्षेप ५४ करोड १२ लाख ७७ हजार ७८७ रुपैयाँ रहेको छ । सो संस्थाको लगानीमा रहेको ऋण ३५ करोड ३९ लाख ९२ हजार ७३० रुपैयाँ रहेको छ । संस्थाको कुल संस्थागत पुँजी ७ करोड २२ लाख २२ हजार ३९ रुपैयाँ पुगेको छ।
तरलता रकम १ करोड ७६ लाख ४८ हजार ७९३ रुपैयाँ रहेको छ । वित्तीय लगानी ३० करोड ६८ लाख ६७ हजार ४८२ रुपैयाँ पुगेको छ। संस्थामा हाल १० हजार २०० जना शेयर सदस्य रहेका छन् भने ६४६ जना ऋणी सदस्य रहेको जनाएको छ।
संस्थाको कुल सम्पत्ति ७१ करोड ९२ लाख ९१ हजार ५०७ रुपैयाँ पुगेको छ।
सो सहकारी आर्थिक वर्ष ०८१/८२ मा २ करोडभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको थियो । संस्थाले चालु आवको सम्पूर्ण नाफा ऋण सुरक्षा कोषमा हालेको छ ।
हालसम्म ऋण सुरक्षा कोषमा ४ करोडभन्दा बढी रुपैँया जम्मा भएको छ । जसले गर्दा संस्थाको वित्तीय अवस्था थप सुदृढ र विश्वसनीय बनेको छ। ऋण सुरक्षाको यस्तो व्यवस्था संस्थाको दीर्घकालीन स्थायित्व र जोखिम व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।
संस्थाले आफ्ना सदस्य, ऋणी तथा सरोकारवालालाई नियमित जानकारी गराउँदै पारदर्शिता र उत्तरदायित्वमा जोड दिँदै आएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्