जनता टाइम्स

८ श्रावण २०८२, बिहीबार २०:३८

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन शुक्रबार, एमाले निर्णयपछि सार्वजनिक प्रतिक्रिया आउने


काठमाडौं, ८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विशेष पत्रकार सम्मेलन गर्नुहुने भएकाे छ। उहाँले बानेश्वरस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो।

भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि नेकपा एमालेले उहाँको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। त्यसयता कुनै औपचारिक धारणा नदिनु भएएकी भण्डारीको पत्रकार सम्मेलनलाई राजनीतिक रुपमा विशेष अर्थ लिइएकाे छ।

पार्टी केन्द्रीय कमिटी बैठकले उहाँकाे पार्टी सदस्यता खारेज गरेपछि भण्डारीले पहिलोपटक सार्वजनिक रूपमा धारणा राख्न लग्नु भएकाे हाे । पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजनीतिक भूमिका र भावी योजनाबारे खुलासा गर्ने अपेक्षा गरिएको छ।