काठमाडौं, साउन ११। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशको खडेरीजन्य विपद्ले सुनकोसी मरिन डाइभर्सनको महत्त्व झनै उजागर गरेको बताउनु भएको छ ।
एमाले महासचिव पोखरेलले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा राख्नुभएको हो । सुनकोशी मरिन डाइभर्सन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाउनु भएको हो । तरार्य मधेशको जमिनमा सिंचाईका लागि सो आयोजना अघि बढाइएको हो ।
एमाले महासचिव पोखरेलले तराई मधेशको समृद्धिका लागि अघि बढाइएको सुनकोशी मरिन डाइभर्सनमा देखिएको अवरोध पन्छाएर निर्माणलाई तीव्रता प्रदान गर्न समेत आग्रह गर्नुभएको छ । ‘मधेस प्रदेशको खडेरीजन्य विपदले सुनकोशी मरिन डाइभर्सनको महत्व झनै उजागर गरेको छ । अवरोध पन्छाएर निर्माणलाई तीव्रता प्रदान गरौँ,’ लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका एमाले महासचिव पोखरेलले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्