-
गत साउनदेखि असार मसान्तसम्म २३ सय ६९ प्रहरीले राजीनामा दिएका छन ।
-
सरुवा बढुवामा असन्तुष्टि र वैदेशिक रोजगारीका कारण राजीनामा दिने क्रम बढेको हो।
-
एक वर्षमा ५८ हजार ४ सय ७२ अपराधका जाहेरी दर्ता भएका छन ।
काठमाडौं, साउन ११ । सवैभन्दा आकर्षक मानिने नेपाल प्रहरीमा पछिल्लो समय आकर्षण घटदै जान थालेको तथ्य देखिएको छ । नेपाल एकै वर्षमा झण्डै २४ सय प्रहरीले राजीनामा दिएको घटनाले यो आशंकालाई बल पुर्याएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक बर्ष २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा प्रहरी जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ जना प्रहरीले राजीनामा दिएका छन ।प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकासलगायतमा देखिएको बदमासीको असरका रुपमा राजीनामालाई लिइएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) बिनोद घिमिरेले कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको बताउनु भयो ।
कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको प्रवक्ता घिमिरेको भनाई छ । यसैगरी गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयमा अपराधका ५८ हजार ४ सय ७२ जाहेरी परेको छ ।
जसमा योजनबद्ध रूपमा व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५ सय १० मुद्दा दर्ता भएका छन । प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणका १ सय ४२, मानव बेचबिखनका १ सय ५२ जबर्जस्ती करणीका २ हजार ३ सय ८७ जाहेरी रहेका छन । प्रहरीमा दैनिक रूपमा मात्रै १ सय ६० मुद्दा दर्ता हुने गरेको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्