जनता टाइम्स

११ श्रावण २०८२, आईतवार १९:२५

बौद्धिक परिषदका पदाधिकारीसँग प्रधानमन्त्री ओली : पार्टीभित्र अराजकता मच्चाउनेबिरुद्ध कडा प्रतिवाद गर्न निर्देशन


काठमाडौं, साउन ११ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार पार्टीका नेता–कार्यकर्तासँग भेटघाटमा ब्यस्थ बन्नुभएको छ ।

सरकारको कामसँगै प्रधानमन्त्री ओलीले रातीको समय पार्टीका नेता कार्यकर्तासँग सामुहिक भेट गर्न थाल्नुभएको हो । यहीक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले नेपाल बौद्धिक परिषदका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ ।

बौद्धिक परिषदका केही पदाधिकारी अर्को समुहतिर लाग्ने भन्ने अफवाह फैलाइरहेको बेला प्रधानमन्त्रीले भेट गरी पार्टीभित्रको अस्थिरताबारे सबिस्तार जानकारी गराउनु भएको छ । भेटमा प्रधानमन्त्री ओलीले पार्टीको काममा दृढतापुर्वक लाग्न र अस्थिरता ल्याउन खोज्नेहरुलाई दह्रो जवाफसहित काममा खटिन निर्देशित गर्नुभएको प्रचार बिभाग प्रमुख सचिव डा. टीका ढकालले बताउनु भयो ।

प्रधानमन्त्रीसँगको भेटमा परिषदका इञ्चार्ज अरुण नेपाल र अध्यक्ष र्८. गजेन्द्र थपलियासहित पदाधिकारीहरुको सहभागिता रहेको थियो ।