काठमाडाैं, साउन १४ गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँबिच प्रतिस्पर्धा हुने भएको छ।
यस अघि मंगलबार लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव पास भएकाे थियाे । आज फेरी नयाँ संसदीय दलकाे नेताका लागि हुन लागेकाे निर्वाचनमा लामाले पनि उम्मेदवारी दिनुभएकाे छ ।
बिहान १० बजेदेखि दलको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको छ। १० देखि ११ बजेसम्म नामावली प्रकाशन गरिएको छ भने ११ः३० देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
दलको नेता चयनका लागि कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले आजै निर्वाचन प्रक्रिया पूरा गरेर परिणाम घोषणा गर्ने तालिका सार्वजनिक गरिसकेको छ। कांग्रेस संसदीय दलभित्र लामो समयदेखि चलिरहेको विभाजन र असमझदारीले आजको निर्वाचनलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन निर्धारण गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्