काठमाडौं,साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र सकारात्मक दिशा तर्फ अघि बढेको बताउनुभएको छ ।
आफ्नो मूल्याङ्कनमा नभई विश्व बैङ्कको मूल्याङ्कनमा नै नेपाको अर्थतन्त्र सही दिशामा अघि बढेको ओलीले बताउनुभयो । अनुहारमा लागेको धुलो ऐना पुछेर नहट्ने बताउँदै उहाँले आफैमा लागेको धुलो पुछ्न आग्रह गर्नुभयो । ‘आफूले आफूलाई नकारात्मक चस्माबाट नहेरौँ न’, उहाँले भन्नुभयो ।
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि बुधबार राष्ट्रिय सभामा जवाफ दिँदै ओलीले आफूहरू धेरै छलफल र प्रतिवादमा नअलमलिने बताउँदै काम गरेर देखाउने बताउनुभयो । उहाँले अब व्यवसायी उत्पादनमा लाग्न पर्नेमा जोड दिनुभयो । ‘अब ध्यान दिनु पर्ने आधुनिकीकरण, व्यवसायीकरण हो’, उहाँले भन्नुभयो ।
दिगो विकास गन्तव्य हासिल गर्ने गरी सरकार अघि बढिरहेको उहाँले बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पुरा गर्नै पर्ने बताउँदै उहाँले त्यसका लक्षणहरू देखा पर्न लागेको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्