जनता टाइम्स

१४ श्रावण २०८२, बुधबार १८:३७

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन अदालतको आदेश


काठमाडौं, साउन १४ । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ । अहिराजविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । साउन ४ गते पक्राउ परेका अहिराजलाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

आफूलाई २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो । अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै मुद्दा हालेका थिए । अदालतले प्रारम्भिक बहशपछि अहिराजलाई थुनामा पठाउने आदेश दिएको हो ।