जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार ०७:२४

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली


काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गर्नुभएको छ ।

नेपाली समाजमा खीर खाने पर्व साउन १५ को अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिक मिठास बोकेको उल्लेख गनुएभएको छ ।

उहाँले पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको उल्लेख गर्दै पूर्वजहरूले रोपाइँ सकेर साउन १५ (खीर खाने) पर्वको सुरुवात गरेको स्मरण गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ –’आज साउन १५, खीर खाने परम्परागत पर्व, हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए, पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ, जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ, शुभ साउन १५! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !’