काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आज राष्ट्रिय भेला भेला हुँदै छ ।
रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्षबाट हटाएपछि नयाँ अध्यक्ष छान्न भेला बस्ने लागेको हो । भेल नयाँ बानेश्वरमा हुने सो पार्टीले जनाएको छ ।
बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको थियो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको नाउपाले निर्णय गरेको छ ।
पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठलाई पार्टीको अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उहाँले स्पष्टीकरण नदिई वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्नु भएको थियो । उहाँ बैठकमा मासमेत अनुपस्थित भएपछि बुधबार अनुशासन समितिको बैठकले अध्यक्षबाट हटाएको हो ।













प्रतिक्रिया दिनुहोस्