जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार १८:५८

रेशमलाल चौधरीको खेल : पत्नी रञ्जिता हटाएर पिता लालबीरलाई अध्यक्ष ताेकेसँगै नाउपा औपचारिक रुपमै विभाजित


काठमाडौं, साउन १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ । बुधवारबाट सुरु भई आज सम्पन्न राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

यसअघि बुधवार मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधरण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।

अध्यक्ष तोकिनुभएका लालबीर नाउपाका संरक्षक रेशमलाल चौधरीका पिता हुनुहुन्छ । चौधरीले पत्नी रञ्जीता श्रेष्ठ चौधरीलाई हटाएर पिता लालबीरलाई अध्यक्ष बनाउनु भएको हो ।

संरक्षक रेशमले पत्नी रञ्जितालाई हटाएर पिता लालबीरलाई अध्यक्ष बनाउने निर्णय गरेसँगै नाउपा औपचारिक रुपमै बिभाजित भएको छ । रञ्जीता पक्षले रेशम पक्षको निर्णय अबैधानिक भन्दै कार्वाहीको चेतावनी दिएको छ ।