ललितपुर, साउन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरूका सपना पूरा गर्न आजको पुस्ताले दृढ निष्ठाका साथ लाग्नुपर्ने बताउनुभएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित २८ औँ स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्ध नेपाल निर्माणको अभियानमा समर्पित तुल्सीलाल अमात्यको योगदानलाई स्मरण गर्नुभयो । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले अमात्यले देखाएको निष्ठा, त्याग र आदर्श राजनीतिलाई पछ्याउँदै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । ‘संविधानसभाबाट गणतन्त्र स्थापना गर्न सम्भव भएको छ भने त्यो अग्रजहरूको दूरदृष्टिका कारण हो, अब ती सपना साकार गर्न नयाँ पुस्ताले त्यो जिम्मेवारी वहन गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आजको पुस्तालाई आदर्श, विचार र निष्ठाको राजनीतिमा समर्पित तुल्सीलाल अमात्यको जीवनीबाट प्रेरणा लिनु पर्नेमा विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले विगतका सहिद र अग्रजहरूको सम्मान केवल फूल चढाएर मात्र होइन, उहाँहरूको सङ्कल्पलाई व्यवहारमा उतारेर गर्नुपर्छ।’















प्रतिक्रिया दिनुहोस्