जनता टाइम्स

१९ श्रावण २०८२, सोमबार २१:५६

कक्षा १२ पास हुने विद्यार्थीलाई विदेशबाटै प्रधानमन्त्री केपी ओलीको बधाई


काठमाडौं, साउन १९ । कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै देशभरका विद्यार्थीहरू खुसी मनाइरहेका बेला प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाटै विद्यार्थीहरूलाई बधाई दिनुभएको छ।

भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तुर्कमिनिस्तानको भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कक्षा १२ पास गर्ने सम्पूर्ण विद्यार्थीप्रति बधाई व्यक्त गर्नुभएको हो। ‘भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमिनस्थानमा छु, उता नेपालमा  कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ, बधाई नानीबाबुहरू !’, उहाँले फेसबुकमा लेख्नु भएको छ ।

प्रधानमन्त्री ओलीले लेख्नु भएको छ- ‘तपाईँहरूको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ ।’

प्रधानमन्त्रीका सन्देशहरूले युवा विद्यार्थीलाई  प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।