हेटौडा, साउन २० । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट ६ जना मन्त्री बनेका छन् ।
एमाले संसदीय दलको सिफारिसअनुसार मुख्यमन्त्रीको शपथसँगै बानियाँले एमालेका ६ जना मन्त्री नियुक्त गरी कार्य विभाजनसमेत गर्नुभएको छ । एमालेबाट यसअघिकै स्वास्थ्य मन्त्री किरण थापा दोहोरिनु भएको छ ।
यस्तै मधुसूदन पौडेल कृषि तथा पशुपन्छी विकास, भरत केसी वन तथा वातावरण, जयराम थापा श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य तथा भूमि प्रशासन र डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार मन्त्री हुनुभएको छ । उहाँहरूले शपथसँगै कार्यभार सम्हाल्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्