हेटौँडा, साउन २० । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नयाँ मन्त्रिपरिषद् विस्तार गर्दै आठ जना मन्त्री नियुक्त गर्नुभएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएसँगै गठबन्धनमा रहेका नेकपा एमाले र कांग्रेसबाट मन्त्रीहरू चयन गरी प्रदेश प्रमुख समक्ष नियक्तिकाे लागि सिफारिस गर्नु भएकाे हाे ।
नयाँ मन्त्रिपरिषदमा एमालेका ६ र कांग्रेसका २ जना मन्त्री सहभागी छन्। एमालेबाट किरण थापा मगर पुनः स्वास्थ्य मन्त्रालयमै निरन्तरता दिँदै पुनः नियुक्त हुनुभएको छ भने बाँकी ५ जना नयाँ अनुहारहरू सरकारमा प्रवेश गर्नुभएको हो।
एमालेतर्फबाट मधुसूदन पौडेल कृषि मन्त्री, भरत केसी वन मन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठ उद्योग मन्त्री र डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार मन्त्रीका रूपमा नियुक्त हुनुभएको हो।
त्यसै गरी, नेपाली कांग्रेसतर्फबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री बन्नुभएको छ। तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको जिम्मेवारी पछि तोकिने भएकाे छ ।
नवनियुक्त मन्त्रीहरूले साउन २० गते मंगलबार मुख्यमन्त्री बानियाँको उपस्थितिमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको छ।
मुख्यमन्त्री बानियाँले आन्तरिक मामला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद, तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी आफैँले राख्नु भएकाे छ ।














प्रतिक्रिया दिनुहोस्