सुर्खेत, साउन २१ । नेकपा एमाले प्रदेश कमिटीको छैठौँ वैठक सकिएसँगै कर्णाली एमालेका नेताहरू गाऊँ पस्ने भएका छन ।
वैठकले केन्द्रकाे निर्देशनअनुसार दृढताका साथ अघि बढने निर्णय गरेको प्रचार तथा प्रसार विभाग प्रमूख रमेशबहादुर शाहीले जानकारी दिनुभयाे ।
एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वैठकले पारीत गरेका निर्णयहरु सार्वजनिक गर्दै प्रमूख शाहीले पार्टीको नवौं वैठकले पारीत गरेको निर्णय मातहतका सबै कमिटिमा लागु गर्ने निर्णय भएको जानकारी दिनुभयाे ।
‘बैठकमा पार्टी केन्द्रिय कमिटीको को ९ औं वैठकबाट निर्णय भएको अपानी–१२ को जानकारी गराउने काम भयो । अपानीमा उल्लेखित निर्णहरु प्रदेश कमिटी, मातहत जिल्ला कमिटी र स्थानिय तहका कमिटीहरुले लागु गर्ने निर्णय सर्वसम्मतीले पारित भयो । बैठकमा विधान संशोधन सम्वन्धि मस्यौदाको अध्यन र छलफल भयो,´ शाहीले भन्नुभयाे ।
उहाँले थप्नुभलेयाे, ‘छलफलमा सहभागि कमरेडहरुले सुझाव पेश गर्ने काम भयो साथै २०८२ साउन मसान्त सम्म १० ओटै जिल्लाले बैठकहरु सम्पन्न गरी आधारभुत तहका कमिटीहरुमा मस्यौदा माथि छलफल गराई उपलब्ध भएका सुझावहरु भाद्र ५ गते भित्र प्रदेश कार्यालयमा उपलब्ध गराउने र प्रदेश कार्यालयबाट २०८२ भाद्र १० गते भित्र केन्द्रिय कार्यालयमा पठाउने निर्णय भयो ।’
पत्रकार सम्मेलनमा अध्यक्ष गुलावजंग शाहले डोल्पा जिल्लाका दुई ओटा पालिका र प्रदेशका विभिन्न ४८ ओटा वडा अधिवेशन गर्ने निर्णय गरिएको बताउनु भयाे ।
‘अबिधेशन हुन बाँकी रहेका पालिका वडाहरु कार्तिक भित्र र अवधि पुगेका जनसंगठनहरुको अबिधेशन २०८२ असोज भित्र सम्पन्न गर्ने निर्णय भएको छ,’ शाहले भन्नुभयाे, ´यसका साथै संगठन विभाग प्रमुख एवं प्रदेश पार्टी सचिव धुब्रकुमार शाहीले पेश गर्नुभएको पार्टीकोवार्षिक कार्यायोजना र वित्त विभाग प्रमुख एवं पार्टी उपाध्यक्ष कमरेड टेकराज पछाईबाट प्रस्तुत वार्षिक वजेट समेत सर्व सम्मतिले पारित भयो ।’
प्रदेश कमिटि इन्चार्ज गोरख वोगटीले वैठकमा पार्टी आगामी २०८४ सालमा बहुमत ल्याउने गरि जनस्तरसम्म पुग्ने बताउनु भयाे ।
‘हामी आगामी विधान महाधिवेशनका लागि स्थानीय तह, वडासम्म पुग्दैछौं । एमालेको विधान कस्तो बनाउने भन्ने बारेमा संगठित सदस्यहरुको सुझाव लिने काम हामी गर्दैछौं । यसबाट पार्टी गाउँ टोलमा केन्द्रीत हुने र पार्टीलाई आगामी २०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउन सहज हुने अपेक्षा हामीले गरेका छौँ ।’ उनले भने, ‘यो सँगै एमाले केन्द्र, प्रदेश सरकारले गरेका कामहरुका बारेमा पनि आम जनता, कार्यकर्तालाई सुसुचित गर्ने गरि अघि बढने तयारी हाम्रो छ ।’













प्रतिक्रिया दिनुहोस्