जनता टाइम्स

२२ श्रावण २०८२, बिहीबार ११:४८

कार्यबहाक अध्यक्ष ईश्वरको नेतृत्वमा महाधिवेशन स्थल निरीक्षणमा एमालेका शीर्ष नेता : अफवाह चिर्दै एक सुर–एक तालमा अघि बढने उदघोष


काठमाडौं, साउन २२। नेकपा एमालेका शीर्ष नेताहरुले बिधान महाधिवेशन स्थल गोदावरी सनराईज हलको निरक्षण गर्नुभएको छ । एमालेका कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले शीर्ष नेताहरुले महाधिवेशन स्थलको निरक्षण गर्नुभएको हो ।

एमालेको बिधान महाधिेशन आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरी सनराइज हलमा हुँदैछ । सोही क्रममा आज बिहान कार्यबहाक अध्यक्ष पोखरेल, उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम, स्वास्थ्य बिभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीलगायतका नेताहरुले महाधिवेशन स्थलको समग्र पाटोको निरीक्षण गर्नुभएको हो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणमा रहनुभएकोले हाल एमालेको कामको नेतृत्व कार्यबहाक अध्यक्ष इश्वर पोखरेलले गर्नुभएको छ । कार्यबहाक अध्यक्ष पोखरेल सो जिम्मेवारीमा रहँदासम्म केन्द्रीय कार्यालयमा दिनभर बसेर पार्टीका नेता कार्यकर्तासँग भेटने र केन्द्रीय कमिटीको निर्णयबारे आफ्नो धारणासहित कार्यान्वयनमा लैजाने बिषयमा जोड दिँदै आउनु भएको छ ।

आफ्नो कुरा जेसुकै भए पनि निर्णय भएपछि मानेर जानुपर्छ भन्ने मान्यतामा दृढ रहँदै आउनु भएका कार्यबहाक अध्यक्ष पोखरेल आज बिहानै महाधिवेशन तयारीका लागि जिम्मेवारी तोकिएका पार्टीका सवैजसो नेताहरुलाई साथमा लिएर गोदावरी पुग्नुभएको हो । कार्यबहाक पोखरेलले महाधिवेशनको तयारीको समग्र पाटो अवलोकन गर्नुका साथै आवश्यक सुझाव दिइएको बताउनु भयो ।

यस्तै महासचिव शंकर पोखरेलले महाधिवेशन तयारीको कामलाई तीब्रता दिन ब्यवस्थापनमा खटिएका टीमलाई निर्देशन दिनुभएको छ । एमालेले आफ्नो बिधान महाधिवेशनलाई जेनजी पुस्तादेखि पाका पुस्तासम्मलाई आकर्षित गर्ने गरी हलको डिजाइन गर्ने बताइसकेको छ । प्रविधिको प्रयोगमा सवैभन्दा अगाडि रहेको एमाले यो महाधिवेशनबाट ब्यवहारमा त्यसलाई सिद्ध गर्ने योजनाका साथ काम थालेको छ ।