काठमाडौं, साउन २३ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको मुखपत्र नयाँ पत्रिका दैनिकले जानाजान फेक न्युज दिएको प्रमाणित भएको छ ।
सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहनुभएका रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भिआइपी सुविधामा जेलमा बसेको तथ्य हुँदाहुँदै प्रचण्डको मुखपत्रले एउटा अँध्यारो कोठामा राखेको भन्दै एआई सिर्जित तस्बिर प्रकाशन गरेर अफवाह फैलाएको पुष्टि भएको हो ।
पत्रकार कृष्णज्वाला देवकोटा मालिक रहनुभएको नयाँ पत्रिका माओवादी लगानीमा सञ्चालित रहेको र प्रेस प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालले खरिद गरेको तथ्य यसअघि नै उजागर भइसकेको छ । त्यसका अवाला देवकोटा रवि लामिछाने र प्रचण्ड दुवैका प्रेस सल्लाहकारका रूपमा भूमिका निर्वाह गर्दै आउनु भएको छ । प्रचण्ड प्रधानमन्त्री र रवि गृहमन्त्री बन्ने अघिल्लो दिन कृष्णज्वालाले बालुवाटारमै रविको वक्तव्य बनाएको तथ्य उजागर भएको थियो ।
रवि र प्रचण्डकै सल्लाहमा देवकोटाले पत्रिकाका पत्रकारको अनुहारमा समेत मोसो दलेर रविको पक्षमा कपडा खोलेर नग्नता प्रस्तुत गरेको घटना भैरहवा कारागारमा आज एक टोली पत्रकार पुगेपछि उजागर भयो । समाचार सत्य लेख्ने होइन, माओवादी र रवि लामिछानेबाहेकको सरकार बनेमा नभएको कुरा लेखेर जनता भड्काउने सम्पादकीय नीति बनाएको सो पत्रिकाले एआइबाट फोटो बनाएर सोही फोटोको आधारमा आज मात्रै सनसनीखोज समाचार प्रकाशन गरेको थियो ।
तथ्य उजागर भएपछि क्षमायाचना गरिसकेको छ । तर यो जानाजान प्रकाशन गरेको सोही पत्रिकाका कार्यरत आधा दर्जन पत्रकारले जनताटाइम्स डटकमलाई बताए । ‘हामीले सरकारविरुद्ध जनमत बनाउन सघाउने हो, समाचार सत्य हुनुपर्छ भन्ने छैन भन्ने नीति बनाएर पछिल्लो समय नयाँपत्रिकाले फेक न्युज प्रकाशन गर्न थालेको उनीहरूको भनाई छ । यही नीतिअनुसार आज माओवादी वरिष्ठ उपाध्यक्ष एवं चटककार नारायणकाजी श्रेष्ठको भनाई राखेर एआइ सिर्जित तस्बिर मार्फत अवाह फैलाउने काम गरेको ती पत्रकारले बताए ।
यथार्थ भने सो पत्रिकाको समाचारको ठिक विपरीत रहेको छ । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलाई जिल्ला कारागार कार्यालय भैरहवामा भीआइपी सुविधा प्रदान गरेको पाइएको हो । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि कारागार प्रशासनले लामिछानेको सुविधाका लागि एट्याज ट्वाइलेट, बाथरुम भएको कोठा उपलब्ध गराएको छ । जसलाई प्रशासनले ‘४ नम्बर ब्लक’को नाम दिएको छ । रवि आउनुअघि कारागारमा ‘४ नम्बर ब्लक’ थिएन ।
त्यस्तै मन लागेको बेला कोठाबाहिर निस्किएर ‘ग्राउण्ड’मा घुम्ने व्यवस्थासमेत कारागार प्रशासनले मिलाएको पाइएको छ । कारागारले रविलाई कारागारमा ‘भीआइपी ट्रिटमेन्ट’ गरिएको छ । जुन अन्य कुनै कैदी बन्दीलाई उहाँ जस्तो सुविधा छैन ।
यस्तै गर्मी नहोस् भनेर रविको कोठामा एसी र कुलर दुवै व्यवस्था गरिएको छ । कोठामा ल्याण्डलाइन टेलिफोनको सुविधा छ । किताब, कुर्सी, टेबल, बेडलगायत आवश्यक सबै छ । एसी लगाइएपछि चिसो रोक्नका लागि भेन्टिलेटरमा प्लाइउड लगाइदिन भनेपछि लगाइएको कारागार प्रशासनको भनाई छ ।
यस्तै अन्य कैदी बन्दीलाई जस्तो कारागार प्रशासनले लामिछानेलाई राखिएको कोठामा ताल्चा लगाउँदैन । रविलाई सुविधासहित राखिएको तथ्यसहितको समाचार सबैभन्दा पहिला भैरहवाका पत्रकार सलमान खानले सार्वजनिक गरिदिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्