काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ ।
तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गर्नुभएको थियो ।
दुबई हुँदै केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल अवतरण गर्नुभएका प्रधानमन्त्री ओलीलाई बिमानस्थलको अति बिशिष्ठ कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री ओली यही साउन १८ गते राती तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको थियो ।

















प्रतिक्रिया दिनुहोस्