काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सरकार सफल भएको बतानुभएको छ । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उहाँले उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ– हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ। विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्ने सफलता पाएका छौँ।
यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सफल भयौँ : प्रधानमन्त्री ओली













प्रतिक्रिया दिनुहोस्