काठमाडौं, साउन २६ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट फर्कनु भएको भोलिपल्टै आइतबार बालुवाटारमा सत्तारूढ दल नेपाली कांग्रेस र एमालेबीच उच्चस्तरीय बैठक बसेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोलीसँग प्रधानमन्त्री ओलीले अनौपचारिक छलफल गर्नुभएको हो। भेटमा प्रधानमन्त्रीले हालै सम्पन्न गर्नुभएको विदेश भ्रमणको समिक्षा गरिएको थियो। भेटमा अन्य राजनीतिक विषयवस्तु छलफल भएन।
भेटमा देउवासँगै गृह मन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा र कांग्रेस नेता पूर्णबहादुर खड्का सहभागी हुनु भएको थियो। यस्तै प्रधानमन्त्री ओलीसँग एमालेका तर्फबाट अर्थ मन्त्री विष्णु पौडेल र प्रमुख सल्लाहकार विष्णु रिमाल उपस्थित हुनु भएको थियो।













प्रतिक्रिया दिनुहोस्