काठमाडौँ, साउन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति व्यक्ति भित्रको आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ।
सोमबार काठमाडौंमा आयोजित ‘चालीस मुनीका चालीस’ युवालाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्र गतिमा सम्पन्नताको लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मानवीय गुणमा पनि नेपालले अग्रता लिन सक्ने बताउनुभयो।
दुनियाँका धेरै सफल व्यक्तिहरूले नयाँ सुरुवात युवावस्थामै गरेका उहाँले उदाहरण दिनुभयो । उनीहरूले आफ्नो क्षेत्रमा श्रेष्ठता हासिल गरेका ओलीले बताउनुभयो । ‘युवाहरूले आफ्नो रुचि र प्रतिभा चिन्नुपर्छ, सङ्घर्ष गर्नुपरे पनि सहनुहोस्, हार मान्नु हुँदैन, अन्ततः सफलतामा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले प्राकृतिक रूपमा उर्वर र ज्ञानभूमि रहेको नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो । उहाँले समृद्धिका लागि सबै मिलेर काम गर्ने समय आएको उल्लेख गर्नुभयो।
म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्ने बताउँदै उहाँले निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरू छनोट गर्नु निकै कठिन काम भएको बताउनभयो । उहाँले युवाहरूले आफूभित्र घमण्ड पस्न दिनु नहुने बताउँदै उहाँले प्रत्येक व्यक्तिले आफ्नो आचरण, मेहनत र गुणस्तरको सम्भावना पहिल्याउनु पर्नेमा जोड दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्