काठमाडौं, साउन २८ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जीता श्रेष्ठ चौधरी नै कायम हुनुभएको छ ।
संरक्षक रहनुभएका रञ्जीताका पति रेशमलाल चौधरीको योजनामा रन्जितालाई हटाउँदै नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो । अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि आयोगले अस्वीकार गरेको हो ।
राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको आयोगले मंगलवार राति निर्णय गरेको छ । निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो । दुवै जनाले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिनुभएको थियो ।
उहाँहरूको जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर आयोगले रञ्जीता नै अध्यक्ष कायम गरिदिएको हो ।













प्रतिक्रिया दिनुहोस्