काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलाको तेस्रो पटक डायलासिस गरिएको छ । प्रधानमन्त्री ओलीको आज ग्रान्डी इन्टरनेश्नल अस्पतालमा तेस्रो पटक होमोडालसिस गरिएको हो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक एवं ग्राण्डीका नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभाग अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको जनाउनु भएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । चिकित्सकहरुले जारी गरेको बिज्ञप्तीअनुसार उपचार पश्चात प्रधानमन्त्री ओली आज नै निवास फर्कनु हुनेछ । मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीले गत कात्तिक १२ र १३ गते सोही अस्पतालमा डायलायसिस गराउनुभएको थियो । यसअघि सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्