जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार १३:५०

एभरेष्ट बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?


काठमाडौं, साउन २९ । एभरेष्ट बैंकले ३८ रुपैयाँसम्म लाभांश बाँड्न सक्ने भएको छ । सो बैंकले आर्थिक वर्ष २०८१-८२ मा गरेको कारोबारमा आधारित वित्तीय विवरणमा वितरणयोग्य नाफा ३८.२७ रुपैयाँ बराबर देखिएको हो ।

हाल बैंकसँग १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । बैंकले यो वर्ष ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको लाभांश बाँड्न सक्ने देखाएको हो ।

यस्तै सो बैंकले यो वर्ष ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । तर, नियामकीय समायोजनको रकम रिभर्सलमा रहेका कारण बैंकको वितरणयोग्य नाफामा वृद्धि भएको हो । बैंकले अघिल्लो वर्ष ३ अर्ब ७० करोड नाफा कमाएको थियो । यो वर्ष बैंकको नाफामा ३२.७१ प्रतिशतको वृद्धि देखिएको हो ।

  • एभरेष्ट बैंकले आर्थिक वर्ष २०८१-८२ मा ३८ रुपैयाँसम्म लाभांश बाँड्न सक्ने वित्तीय विवरण सार्वजनिक गरेको छ ।

  • बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको लाभांश बाँड्न सक्ने र ४ अर्ब ९१ करोड खुद नाफा कमाएको जनाएको छ ।

  • बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३२.७१ प्रतिशतले वृद्धि भएको छ, जसले आम्दानी बढेको र निष्क्रिय कर्जा घटेको तथ्य देखाउँछ ।

 

बैंकले यो वर्ष सबै प्रकारका आम्दानी बढाएको छ भने निष्क्रिय कर्जाको हिस्सा घटाएको छ । कर्मचारी तथा सञ्चालन खर्चमा पनि सामान्य वृद्धि भएको देखिन्छ । बैंकले २ अर्ब ९८ करोड बचत संकलन गरी २ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ ।

यस्तै बैंकमा १३ अर्ब ८८ करोड रुपैयाँ बराबरको रिजर्भ फन्ड रहेको छ । यस अनुसार बैंकको नेटवर्थ प्रतिशेयर २४७.३९ रुपैयाँ रहेको देखिन्छ । बैंकसँग १३.२८ प्रतिशतको पुँजीकोष, ०.३८ प्रतिशत बराबरको निष्क्रिय कर्जा अनुपात, ५.३६ प्रतिशत बराबरको आधार दर र १६.४४ प्रतिशत रिटर्न अन इक्विटी रहेको बिवरणले देखाएको छ ।