काठमाडौं , ८ भदौ । बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि कम्पनी अब दोस्रो चरणमा आम लगानीकर्तामाझ शेयर ल्याउन लागेको हो।
कम्पनीलाई ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त छ। यसअन्तर्गत ८ लाख ३० हजार ८२४ कित्ता स्थानीय प्रभावित क्षेत्रका वासिन्दालाई र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट भइसकेको छ।
त्यस्तै, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित राखिएको छ।
अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्काशन अवधि छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म रहनेछ।













प्रतिक्रिया दिनुहोस्