काठमाडौं, भदौ २५ । आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा जेन–जेड प्रतिनिधि समूहभित्र मतभेद उत्पन्न भएपछि नेपाली सेनाले वार्ताका लागि औपचारिक प्रतिनिधि तोकेर भाेलि आउन आग्रह गरेको छ।
जंगीअड्डा बाहिर नाराबाजी गरिरहेका प्रदर्शनकारीलाई सम्बोधन गर्दै सेनाका प्रतिनिधिले भोलि बिहान सम्पर्कमा आउन सूचित गरेका हुन्। ‘को–को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो समूहबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला, एक–एक जना ग्रुप लिडरको नामसहित लेखेर हामीलाई दिनुहोला,’ सेनाका प्रतिनिधिले माइकिङमार्फत घोषणा गरे।
सरकारको नेतृत्वबारे असन्तुष्टि जनाउँदै जेन–जेड पुस्ताका युवाहरूले आज जंगीअड्डाबाहिर नाराबाजी गरेका थिए। बुधबार साँझ जेन–जेडका केही प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीलाई सम्भावित नेतृत्वकर्ता बनाउने प्रस्ताव गरेका थिए। तर, उक्त प्रस्ताव सार्वजनिक भएपछि बाहिर भेला भएका युवाहरूले त्यसविरुद्ध नाराबाजी गरेका थिए।
युवाहरूको एउटा समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेतृत्व दिनुपर्ने माग गर्दै नाम लिएका छन् भने केहीले धरानका मेयर हर्क साम्पाङको नाम पनि अघि सारेका छन्।













प्रतिक्रिया दिनुहोस्