जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार १९:३१

देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा


काठमाडौं २७ भदौ । सोसलिष्ट इन्टरनेशनलले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा। आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ।

विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनलले वक्तव्यमार्फत जेनजीको प्रदर्शनका क्रममा भदौ २३ गते देउवा दम्पतीलगायत राजनीतिक व्यक्तित्वमाथि भएको भौतिक हिंसाको निन्दा गरेको हो।

सोसलिष्ट इन्टरनेशनलका अध्यक्ष पेद्रो साञ्चेज पेरेस–कास्तेजोनले वक्तव्य जारी गर्दै उक्त घटनाक्रमबारे चिन्ता व्यक्त गर्नु भएकाे हाे। प्रदर्शनका क्रममा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएकाे छ।

सोसलिष्ट इन्टरनेशनलले प्रजातान्त्रिक व्यवस्थानुसार ढिलाइ नगरी शान्तिपूर्ण संवादबाट निकास हुने अपेक्षाका साथ यस चुनौतीपूर्ण क्षणमा आफ्नो सदस्य रहेको कांग्रेस पार्टीप्रति ऐक्यबद्धता जनाएको छ।