जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार १९:५४

पछिल्लो घटनाक्रम र भ्रष्टाचारको वि रूद्धमा छानबिन आयोग बनाउने पक्षमै छौं : सचिव भट्टराई


काठमाडौं २७ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी युवाको प्रदर्शनका क्रममा भएको क्षति र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताउनुभएको छ।

सचिव भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत दुवै आयोग बनाउने पक्षमै रहेको प्रष्ट पार्नुभएको हो। यहि भदौ २३ र २४ गते जेनजी युवाको प्रदर्शनका क्रममा घटेका घटना र भ्रष्टाचार सम्बन्धमा निष्पक्ष र न्यायिक छानबिनको पक्षमा आफूहरु रहेको उहाँको भनाइ छ ।

तर संवैधानिक बाटो मार्फत नै मुलुकलाई निकास दिनुपर्नेमा जोड दिएको सचिव भट्टराईले उल्लेख गर्नुभयो ।