जनता टाइम्स

२८ भाद्र २०८२, शनिबार २१:०२

प्रेस चौतारी नेपालद्वारा राष्ट्रपतिको प्रतिनिधिसभा विघटन निर्णयको निन्दा


काठमाडौं, भदौ २८ । प्रेस चौतारी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक निर्णय गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ कि प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसका कानुनी, राजनीतिक तथा संवैधानिक प्रश्नहरू उठिरहेका अवस्थामा प्रतिनिधि थलो विघटन गर्नु असंवैधानिक, स्वेच्छाचारी र संविधानको मूलधारको प्रतिकूल रहेको छ। यसले लोकतन्त्रको आधार कमजोर पार्ने र प्रेस स्वतन्त्रता, विचार अभिव्यक्ति तथा नागरिक अधिकार खतरामा पार्ने ठहर गरिएको छ।

प्रेस चौतारी नेपालले लोकतन्त्र, गणतन्त्र र संविधानको संरक्षणका लागि प्रतिबद्ध रहँदै उक्त निर्णय खारेज गर्न जोडदार माग गरेको छ। विज्ञप्तिमा जनतालाई पुनः जाग्न आह्वान गर्दै प्रेस चौतारीले पत्रकार र सञ्चारमाध्यमलाई सुरक्षित, संयमित र निर्वाध रूपमा समाचार संकलन, सम्प्रेषण, प्रकाशन तथा प्रशारण गर्ने वातावरण सुनिश्चित गर्न राज्यसँग माग गरिएकाे छ ।

संस्थाका अध्यक्ष गणेश पाण्डेद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सबै पक्षलाई समर्थन गर्न आह्वान गरिएको छ।