काठमाडौं, भदौ ३० । सरकारले सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति भएको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले बताउनुभयो ।
उहाँका अनुसार अहिले सैद्धान्तिक निर्णयमात्र भएको हो। ‘आज सैद्धान्तिक निर्णय भयो। कसको नेतृत्वमा को को सदस्य रहने विषयमा अर्को बैठकले निर्णय गर्छ। पूर्वन्यायाधीशको संयोजकत्वमा समिति बन्छ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्