काठमाडौं, भदौ ३०। नेपाल सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको अन्त्येष्टि राष्ट्रिय सम्मानसहित गर्ने र असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।
गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालका अनुसार, शहीद घोषणासँगै असोज १ गते देशभर राष्ट्रिय झण्डा आधा झुकाइने छ । असोज १ गते शोक दिवस मनाइने र सार्वजनिक बिदा दिइने निर्णय भएको उहाँले बताउनुभयाे ।
मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप १० लाख रुपैँया र अन्य खर्च वापत ५ लाख रुपैयाँ गरी कुल १५ लाख रुपैँया अर्थ मन्त्रालयमार्फत दिने निर्णय सरकारले गरेकाे छ ।
त्यसैगरी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन गर्ने र ज्यान गुमाएकाको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ स्थापना गर्ने निर्णय मन्त्रिपरिष बैठकले गरेकाे मन्त्री अर्यालले जानकारी दिनुभयाे ।













प्रतिक्रिया दिनुहोस्