विराटनगर, भदौ ३०। जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला परेको छ ।
मोरङ प्रहरीले जनाएको अनुसार सोमबार बिहान सुपरमार्केट सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा मानव कङ्काल भेटिएको हो ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटकै क्रममा कसैको मृत्यु भई शव त्यहीँ जलेको हुन सक्छ । शवको पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा देशभरका भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीको निशानामा परेका थिए । विशेष गरी विराटनगर र धरानस्थित शाखामा ठुलो क्षति पुगेको छ ।
यस अघि धरानस्थित भाटभटेनीमा भएको आगजनीमा चार जनाको ज्यान गएको थियो ।













प्रतिक्रिया दिनुहोस्