दोलखा, भदाै ३१ । दोलखाको विगु गाउँपालिकामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परि विगु गाउँपालिका–६ आलम्पुका अन्दाजी ५५ वर्षीय मकर थामीको मृत्यु भएको हो । ट्याक्टरमा सवार विगु –६ आलम्पुका ३५ वर्षीय कुबेर थामी, सोही स्थानका ५७ वर्षीय पल बहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका छन् । घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिंगटीतर्फ पठाइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।
आलम्पु ढुंगाखानीतर्फ जाँदै गरेको प्रदेश १–०१००१ त ८८७२ नम्बरको ट्याक्टर आज बिहान ११ बजे तिर विगु-६ मा दुर्घटनामा परेको हो । खाली ट्याक्टर कच्ची सडकमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो । ट्याक्टरमा चार जना सवार थिए ।













प्रतिक्रिया दिनुहोस्