जनता टाइम्स

१ आश्विन २०८२, बुधबार १२:५२

बागमती प्रदेशका सभामुखले दिए राजीनामा


हेटौंडा, असोज  १। बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले आज उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा बुझाएका हुन् ।

जेनजीहरूको आन्दोलन चर्किएपछि गत भदौ २४ गते उनले राजीनामा दिने घोषणा गरेका थिए । पाठक राप्रपाबाट सभामुख बनेका थिए ।