रामेछाप, असोज १ । जेनजी आन्दोलनका क्रममा काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा भेटिएको शव रामेछापका विकास रसाइलीको भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार मृतक रामेछापको खाँडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर, च्यासलमा डेरा गरी बस्दै आएका २२ वर्षीय विकास रसाइली हुनुहुन्छ। शव नजिकै फेला परेको एनसेलको सिमकार्ड परीक्षणपछि उहाँको पहिचान खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले जानकारी गराएपछि शव बुझ्न मृतकका आफन्त आज काठमाडौं पुगेको छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटको क्रममा रसाइली त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ।













प्रतिक्रिया दिनुहोस्