जनता टाइम्स

१ आश्विन २०८२, बुधबार २०:१८

तीन मन्त्रीले क्षतिग्रस्त संसद् भवन अवलोकन गरे, क्षतिको विवरण चाँडै सार्वजनिक हुने


काठमाडौँ, १ असोज । अन्तरिम स रकारका तीन जना मन्त्रीले आगजनी र तोडफोडका कारण क्षतिग्रस्त संसद् भवनको अवलोकन गरेका छन् । आज गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले सामूहिक रूपमा संसद् भवनको अवलोकन गर्नुभएको हो ।

जेन–जी को अगुवाइमा भदौ २३ गते भएको आन्दोलन र भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा संसद् भवन भग्नावशेषमा परिणत भएको छ ।
अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ुजेन–जीु आन्दोलनका क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताउनुभयो ।