जनता टाइम्स

१ आश्विन २०८२, बुधबार २१:५२

फास्टफुड एसोसिएसन नेपालको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ७४ जनाले गरे रगत दान


काठमाडौं, असोज १ । राजधानीमा फास्टफुड एसोसिएसन नेपालद्वारा आयोजित ‘बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हाल देशभर रक्तअभावको चुनौतीपूर्ण अवस्थामा आयोजित कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा व्यावसायिक सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार, जिल्ला समितिहरू, फास्ट–फ्यानका सदस्यहरू सहभागी भएका थिए। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, ब्लड डोनेसन एसोसिएसन नेपाल, ललितपुर जिल्ला टिम तथा विभिन्न सहयोगी संस्था र व्यक्तिहरूको प्राविधिक तथा प्रत्यक्ष योगदान रहेको थियो।

संघले रक्तदान सफल पार्न सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको छ।

संघका महासचिव राकेश श्रेष्ठका अनुसार छोटो समयमै कार्यक्रमको तयारी भए पनि सहभागीहरूको उपस्थिति उल्लेख्य रह्याे। उहाँले राजधानीमा संघको सक्रियता र विगत दुई दशकदेखि व्यावसायिक हकहितका लागि गरिएको निरन्तर कार्यकाे प्रतिफल स्वरुप याे कार्यक्रम सम्पन्न भएकाे हाे ।

रक्तदान कार्यक्रममा संघका अध्यक्ष होमराज श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रम संयोजन सचिव भीमप्रसाद आरणले गर्नुभएको थियो।