रामेछाप, असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार रामेछाप सदरमुकाम मन्थलीमा विभिन्न नागरिक संस्थाहरूले दीप प्रज्वलन गरेका छन् ।
‘संविधान र लोकतन्त्रको रक्षा गरौँ’ भन्ने मूल नारा सहित देवकोटा चोकमा गरिएको दीप प्रज्वलन कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल रामेछाप, रामेछाप बार, इन्सेक, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ, सामुदायिक वन महासंघ, नेपाल राष्ट्रिय दलित कल्याण संघ लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, विभिन्न राजनीतिक दलका नेतागण, नागरिक अगुवा तथा सामाजिक अभियन्ताहरूको समेत उपस्थिति रहेको थियो ।
दीप प्रज्वलनमार्फत संविधानको कार्यान्वयन, लोकतन्त्रको मजबुती र नागरिक अधिकारको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने सन्देश प्रवाह गरिएको गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिनुभयाे ।













प्रतिक्रिया दिनुहोस्