काठमाडौं, असोज ४ । लामो समयदेखि बजेटविहिन अवस्थामा रहेको सुनसरीको धरान उप–महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
शनिबार बसेको १७ औँ नगरसभामा उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गर्नुभएकाे हाे । उपमहानगरले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडमार्फत ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।
यसअघि विवादका कारण असारमै प्रस्तुत हुनुपर्ने बजेट रोकिएको थियो। नगरसभा मार्फत बजेट पारित भएपछि अब उपमहानगरका नियमित कार्यक्रम तथा विकास योजनाहरू अघि बढ्ने मार्ग प्रशस्त भएको छ।













प्रतिक्रिया दिनुहोस्