जनता टाइम्स

५ आश्विन २०८२, आईतवार १०:१६

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै 


काठमाडौं, असोज ५। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ।

पार्टीका प्रवक्ता अग्नी सापकोटाका अनुसार बैठक आज आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आह्वान गरिएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै पार्टीभित्रका समसामयिक विषयमा छलफल हुने जानकारी उहाँले दिनुभयो।

बैठकमा विशेषगरी राष्ट्रिय राजनीतिमा उत्पन्न तरलता, सत्ता साझेदारीको भविष्य, आगामी संसद् अधिवेशनप्रति पार्टीको रणनीति र सरकारसँगको सम्बन्धबारे विस्तृत बहस हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय तहदेखि संघीय तहसम्म देखिएका संगठनात्मक गतिविधि र तयारीबारे पनि पदाधिकारीले समीक्षा गर्ने बताइएको छ।