जनता टाइम्स

५ आश्विन २०८२, आईतवार १९:५६

प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनका घाइतेहरुको नाराबाजी, सुदन गुरुङ नक्कली जेनजी भएको आरोप


काठमाडौं, ५ असोज । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनका घाइतेहरूले नाराबाजी गरेका छन्। अन्तरिम सरकारमा अवसरवादीहरू हालीमुहाली भएको भन्दै उनीहरूले नाराबाजी गरेका हुन्।उनीहरूले हामी नेपालका संस्थापकसमेत रहेका सुदन गुरुङलाई नक्कली जेनजी भएको आरोप लगाए। आन्दोलनका घाइतेहरूलाई हालसम्म कुनै किसिमको सुविधा नदिइएको उनीहरूको आरोप छ। उनीहरूले सरकारमा घाइतेहरूको परिवारको पनि सहभागिता हुनुपर्ने माग गरे।